अस्मिना पाण्डे/ बुटवल, १८ जेठ। कोरोना भाइरस कोभिड-१९ का कारण देश लकडाउनमा छ। जसका कारण जनजीवन थप कष्टकर बन्दै गइरहेको छ। नागरिकहरुलाई दैनिक जीवनयापन गर्न कठिनाइ देखिएको छ। अहिले महाविपत्तिमा यहाँका संघ सस्थाहरुले सामाजिक भावना कायम गर्दै राहत बितरण गरिरहेका छन्।
यसैबिच सामाजिक सेवामा समर्पित संस्था इनरव्हिल क्लब अफ मिडटाउनले आइतबार राहत बितरण गरेको छ।लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय अन्तर्गत बुटवल र देवदहमा रहेका तेस्रो लिङ्गिहरुलाई राहत वितरण गरिएको हो। संस्थाले राहत स्वरुप चामल, दाल तेल, चिउरा नून, सोयाविन लगायतका सामान प्रदान गरिएको इनरव्हिल क्लव अफ मिडटाउन बुटवलका निवर्तमान अध्यक्ष राधा भट्टराईले बताइन्।

क्लवका अध्यक्ष लक्ष्मी क्षत्रीको अध्यक्षतामा आयोजना गरिएको राहत कार्यक्रमको व्यवस्थापन इनव्हिल क्लव अफ मिडटाउन बुटवलका पूर्वअध्यक्ष अञ्जु कार्कीले गरेकी थिइन्। उक्त राहात बितरण कार्यक्रममा क्लवका संस्थापक सल्लाहकार सरस्वती श्रेष्ठको प्रमूख आतिथ्यता भएको कार्यक्रममा समाजसेवी लक्ष्मी बस्याल, इनरव्हिल क्लव अफ मिडटाउनका संस्थापक अध्यक्ष आशा श्रेष्ठ ,क्लवका पूर्व अध्यक्ष ,सदस्यहरु लगाएतको उपस्थिती रहेको थियोे।
बन्दाबन्दीकै समयमा प्रबिधिको प्रयोग गरी क्लवले कोभिड-१९ का कारण मानिसहरुको स्वास्थ्यमा परेको मानसिक असरका बारेमा डा. एन्जील क्षत्रीको सहजीकरणमा पनि चेतनामूलक कार्यक्रम सम्पन्न गरेको क्लवका सहसचिव रञ्जु गौतमले बताइन्। क्लबका सदस्यहरुलाई घरमा बस्दा देखिने कतिपय समस्याहरुलाई यस्ता चेतनामुलक कार्यक्रमले समाधान गर्न सजिलो हुने भन्दै क्लबले मानसिक स्वास्थका बारेमा कार्यक्रम गर्दै आएको छ।



लोकपाटी न्यूज
