आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि, आमा पनि संक्रमित

coronavirus-test-kiti
लोकपाटी न्यूज

राजेन्द्र बि क/ बाजुरा, १८ जेठ। बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकालाई कोरोना संक्रमण पुष्टि भएको छ। बुढिगंगा नगरपालिका १ घर भएका २ वर्षीय बालिकाको आइतबार बिहान मृत्यु भएको थियो।

उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो। आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ।

मृतक बालिकाकी २३ वर्षीय आमालाई पनि कोरोना पुष्टि भएको छ। संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्