काठमाडौं, १७ जेठ । भारत सरकारले जारी लकडाउनलाई थप १ महिना लम्ब्याउने निर्णय गरेको छ। शनिबार भारतीय गृह मन्त्रालयले आगामी जुन ३० सम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको हो।
कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै छिमेकी राष्ट्र भारतले पनि लकडाउन जारी गरेको छ। तर, कोरोना संक्रमण नदेखिएको ठाउँमा भने लकडाउन विभिन्न सर्तसहित खुकुलो बनाउने निर्णय पनि गरिएको जानकारी गराइएको छ। भारतमा चौथो चरणको लकडाउन भोलि मे ३१ (आइतबार) सकिदैछ।
पछिल्लो समय भारत सरकारले कोरोना संक्रमणको अवस्था हेरेर विभिन्न गतिविधिहरुमा छुट दिँदै आएको छ। हालसम्म भारतमा कोरोना संक्रमितहरुको संख्या १ लाख ७५ हजार ९५७ पुगेको छ। जसमध्ये ४ हजार ९ सय ९६ जना संक्रमितहरुको ज्यान गइसकेको छ। त्यस्तै, ८३ हजार ८७८ जना संक्रमितहरु निको भइसका छन्।



लोकपाटी न्यूज

