काठमाडौं, १७ जेठ। आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साका २ जना तथा सिरहाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण माविको क्वारेन्टाइनका एकजना ६० वर्षिय महिला र १८ वर्षिय युवक नारायणी अस्पतालमा गरिएको परीक्षणका क्रममा पिसिआर रिपोर्टमा आज कोरोना पुष्टि भएको हो।
त्यस्तै सिरहामा कोरोना पुष्टि हुनेमा लहान नगरपालिकाका ८ जना धनगढीमाइ नगरपालिकाका २ जना र अर्का एक जनाको ठेगाना नखुलेको बताएको छ।
नयाँ कोरोना संक्रमण पुष्टि भएको २८, २९, ३३ वर्षीय समुहका पुरुषहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमूख कृष्ण देव यादवले जानकारी दिए । उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए।



लोकपाटी न्यूज
