महँगा विद्युतिय गाडी आयात हुन थालेपछि कर बढाइयो

लोकपाटी न्यूज

काठमाण्डौ, १६ जेठ, सरकारले विद्यतीय गाडी आयात गर्दा भन्सारमा लाग्ने कर बढाएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म भन्सार र अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ। यसबारेमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री डा. खतिवडाले निकै महँगा विद्युतीय गाडी भित्रन थालेकोले कर बढाइएको बताए।

‘हामीले पेट्रोलियम पदार्थ आयात गर्दा ठूलो रकम बाहिरियो भनेर विद्युतीय गाडी किन्न प्रोत्साहन गर्‍यौँ, आम सर्वसाधारणले विद्युतीय गाडी उपयोग गर्न पाउन भनेर नीति ल्यायौँ तर दुई वर्षको पेट्रोलियम पदार्थको आयात मूल्य बराबर नै विद्युतीय गाडीको आयात भएपछि हाम्रो नीति त विवेकपूर्ण नै भएन नि।’, खतिवडाले भने।

अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा विद्युतीय गाडीको भन्सार केही सस्तो नै रहेको उनको दाबी छ। ‘विद्युतीय गाडीको भन्सार सस्तो होस् तर यति सस्तो पनि नहोस् कि अति महँगा विद्युतीय गाडी आयात गरेर फेरि व्यापार घाटालाई प्रतिकुल असर नपरोस् भनेर नै कर बढाइएको हो’, उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्