काठमाडौं, १६ जेठ। आज मात्र नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २६ घण्टामा नेपालमा थप १७० जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।
शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्।
योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ। मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ। अहिलेसम्म पीसीआर विधिबाट कुल ६४,१५४ वटा परीक्षण गरिएको छ। अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्।



लोकपाटी न्यूज

