नौ जना चिकित्सकको विभत्स हत्या

hattiya 1
लोकपाटी न्यूज

एजेन्सी। दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या भएको छ। आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको हो।

स्थानीय सञ्चार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन्। सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ।

अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ। इस्लामिक शरिया कानून लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान सञ्चालन गरिरहेको छ।