कठमाडौं१५जेठ। आज २८ मे २०२० यानेकी विश्व Menstrual hygiene दिवस । यो अबसरमावान स्टेप अहेड फाउन्डेसन(ओसएएफ) महिनावारी स्वच्छता सम्बन्धी जनचेतना मुलक सामाग्री सार्वजनिक गरेको छ। किसोरी अवस्थामा देखिने बाँझोपन के हो? कस्ता काम गर्न सकिन्छ अनि घरमै बसेर विश्व का महिलाहरुलाई समाबेस गरेर ६ वटा देशका स्वास्थ्यकर्मीहरुलाई हरुलाई एक ठाउमा राखेर आवाज उठाउनको लागि यो कार्यक्रम अघि सारेको कुरा बताउदै वान स्टेप ओसएएफ का इ.डि डा. हरि प्रसाद ओलीले बताए।
जनचेतनाको काम महिला मात्र नभएर पुरषको पनि महत्व हुने भएकाले स्वास्थकर्मि, र सामाजिक कार्यकताले यो आवजलाई विश्वव्यापि रुपमा फैलाउन लागि र यो बेलामा छुवाछुत र रुढिवादि कुरालाई नष्ट गरेर माहिलालाई यो बेलामा प्रोत्साहन गर्ने हिसाबले यो कार्यक्रम अगाडि सारेको वताउछन ओसएएफँ का डाइरेक्टर सैलेश कुमार पण्डित। महिला को महिनावारी को समय भनेको सबै भन्दा कठिन को समय हो। यो बेलामा कतिपए महिलालाई पेट दुक्ने र धेरै रगत बग्ने समस्या पनि हुने गर्छ। त्यसैले यो समयमा आमा को साथ र श्रीमान् को साथ अति आवश्यक पर्ने कुरा जनश्वाथ्यकर्मि रविन पोखरेल बताउछन।



लोकपाटी न्यूज

