काठमाडौं, १५ जेठ। वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार निधन भएको छ। उनको उपचारको क्रममा बिहीबार नर्भिक अस्पतालमा निधन भएको हो। नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो।
२०१८ सालदेखि गीत लेख्न सुरु गरेका थापाले धेरै जसो चलचित्रका लागि पनि गीत लेख्नुभएको साहित्यकार प्रकाश सायमीले जानकारी दिए। थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखो मायालगायत चलचित्रमा गीतलेखेका छन्।
उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन्।



लोकपाटी न्यूज
