थप ६ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus_blood_test
लोकपाटी न्यूज

सिरहा, १५ जेठ। सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमूख कृष्णदेव यादवका अनुसार बरियरपटी गाउँपालिकाका ३७, २८,२९ र ३३ वर्षीय पुरुष, औरही गाउँपालिकाका र लक्ष्मीपुर पतारी गाउँपालिकाका १/१ जना गरी जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमूख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए। कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ। योसँगै सिरहामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। जसमा २ जना प्रहरी रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्