थप ३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८१४ पुग्यो

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौं, १४ जेठ। रौतहटका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट आएका रौतहटका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमित हुनेमा गौरका ८ र गढीमाईका ७ , देवाहीगोनाही २ , ईशनाथका १६, कटहरिया नगरपालिकाका २ जना गरी ३५ जनामा कोरोना संक्रमण देखिएको रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

रौतहटका प्रमूख जिल्ला अधिकारी बासुदेव घिमिरेलेका अनुसार उनीहरु सबै केही दिनअघि मात्रै भारतबाट आएका थिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८१४ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्