कैलाली, १४ जेठ। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका व्यक्तिको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले उनी भारतबाट धनगढी आएको र मंगलबारमात्रै कोभिड–१९ को आशंकामा आईसोलेसनमा भर्ना गरिएको वताए।
मृतकको स्वाब संकलन भएको बताउँदै उनले आजै पीसीआर मेसिनबाट कोरोना परीक्षण हुने बताए।



लोकपाटी न्यूज

