काठमाडौं, १४ जेठ। आज दिउँसोपछि पूर्वी क्षेत्र तथा मध्य पहाडका केही स्थान र पश्चिमी पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यस्तै राति पनि पूर्वी तथा मध्य क्षेत्रका केही स्थानका साथै पश्चिमका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार हाल नेपालको पूर्वी भूभागनजिकै निम्न चापीय प्रणाली छ भने स्थानीय वायुको पनि प्रभाव छ।
यतिबेला (बुधबार बिहान) पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



लोकपाटी न्यूज
