उपराष्ट्रपति नन्दबहादुर पुन भए हजुरबुबा

लोकपाटी न्यूज

काठमाडौं, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोराबुहारीलाई पुत्रलाभ भएको छ । उनका छोरा दिपेश पुनकी पत्नीले आज पुत्रलाई जन्म दिएकी छिन्।

उपराष्ट्रपति पुनका छोरा दिपेश पुनले आफूलाई पुत्रलाभ भएको बताएका छन्। उनले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको समेत जानकारी दिएका छन्।दिपेश पुन पनि राजनीतिमा सक्रिय छन्। लकडाउनको समयमा छोराको जन्मप्रति उनले खुशी व्यक्त गर्दै शिशुका अलावा पत्नीसहितको तस्बिर राखेका छन्। (फोटोः दिपेश पुनको फेसबुक)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्