एक बर्ष बैठक भत्ता नलिने प्रकाशको घोषणा

Narayankaji shrestha
लोकपाटी न्यूज

काठमाडौं, १२ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन्। नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले कोभिड-१९ बाट देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन्।

तर यो स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निमार्णको अवसर बन्नसक्ने भन्दै उनले सोमबार साँझ ट्वीटरमा भनेका छन्, यसका लागि दृढ संकल्पको खाँचो छ । सार्वजनिक खर्चमा कटौती, मितव्ययिता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धार र पूँजीगत खर्च कार्यान्वयन क्षमता बृछि जरुरी छ।’

आफूले एक वर्षसम्म राष्टियसभा र समिति बैटक भत्ता नलिने घोषणा गर्दै नेता श्रेष्ठले यसबारे सोच्न संघ र प्रदेशका सांसदहरुलाई आग्रह गरेका छन् । उनले कम्तिमा आगामी वर्षका लागि सांसद विकास कोष खारेज गरेर यो रकम रोजगारी केन्द्रित राष्टिय योजनामा लगाउन समेत माग गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्