चितवन, १२ जेठ। भरतपुर अस्पतालको आइसीयुलेशनमा एकजना बिरामीको मृत्यु भएको छ। नवलपरासी रामग्राम ५ का ४८ वर्षीय पुरूषको मृत्यु भएको हो। निमोनियाबाट ग्रसित पुरुषमा कोरोनाको आशंका गरिएको छ।
बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर गरिएकाउनको स्वाब परीक्षण गरिएको थियो। बिरामीको कोरोना रिपोर्ट भने आउन बाँकी छ।
रिफर गरिएका बिरामीको आइतबार राती १२ बजे मृत्यु भएको हो। भरतपुर अस्पतालमा भर्ना गरिएको केही बेरमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।



लोकपाटी न्यूज

