काठमाडौं, १२ जेठ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् रोजगारीका लागि दक्षिण कोरियामा जाने उम्मेदवारका लागि कोरियाली भाषा परीक्षा अनिश्चित बन्दै गएको छ।
कोरियाको मानव संसाधन विभाग (एचआरडी) कोरियाले २०२० जेठको अन्तिममा लिने भनेको भाषा परीक्षा कोभिड १९ कारण रद्द भएसँगै भाषा परीक्षा अनिश्चित बनेको हो।
कोरिया भाषा परीक्षा तथा सीप परीक्षण कहिले हुन्छ भन्ने यकिन नभएको एचआरडीले जनाएको छ।एचआरडी कोरियाका अनुसार अब हुने परीक्षा उत्पादनमूलक क्षेत्रका लागि मात्र हुने योजना रहेकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष भाषा परीक्षामा उत्तीर्ण हुनेको सङख्या घट्ने अनुमान गरिएको छ।
२०१९ को भाषा परीक्षामा कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक गरी दुई विधामा परीक्षा भएकाले १० हजार रोजगारीका लागि झण्डै एक लाखको हाराहारीमा आवेदन परेको थियो। (गोरखापत्रबाट)


लोकपाटी न्यूज

