भारतीय क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

स्याङ्जा, १० जेठ। भारतको नौतनवाको क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ। स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए।

पीसीआर परीक्षणको काम भइरहेको जानकारी प्राप्त भएको अध्यक्ष मानन्धरले बताए। उनले भारतीय पक्षसँग सम्पर्कमा नै रहेको बताए। अध्यक्ष मानन्धरका अनुसार युवा जेठ ५ गते नौतनवाको राजीव गान्धी पीजी कलेजको क्वरेण्टीनमा बसेका थिए।

उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जको अस्पतालमा उपचार गरेर क्वरेण्टीनमा ल्याएपछि ज्यान गएको हो। हिँडेरै स्याङ्जा आउने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वरेण्टीनमा राखिएको थियो। ती युवा रोजगारीको लागि भारत गएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्