काठमाडौं, १० जेठ। काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको जनाइएको छ।
कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ। उनको केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको हो।
शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उल्लेख थियो।



लोकपाटी न्यूज

