गोरखा अस्पतालमा ओरिजिनल आईसियु मेसिन खरिद प्रक्रिया अघि बढ्यो

Gorkha hospital
लोकपाटी न्यूज

राजेन्द्र न्यौपाने/ गोरखा, ९ जेठ । कोभिड-१९ अर्थात कोरोना भाइरसको कारण यसबाट सिर्जित अवस्थाका बिरामी र अस्पतालमा आउने अन्य विरामीका लागि आवश्यक पर्दा प्रयोग गर्ने गरी गोरखा जिल्ला अस्पतालले ओरिजिनल मेसिन सहितको आईसियु कक्ष निर्माण गर्न प्रक्रिया अघि बढाएको छ। नेपाल सरकारको प्रचलित खरिद ऐन, नियमावली अनुसार प्रक्रिया अघि बढाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट (मेसु) नविन थापाले बताए।

स्वास्थ्य मन्त्रालयमा रहेको नीति योजना तथा अनुगमन महाशाखाले गोरखा अस्पतलमा भेन्टिलेटर सहितको आईसियू निर्माण गर्न बजेट निकासा गरेको छ। सार्वजनिक खरिद प्रक्रिया मिचेर काम गर्दा यस अघि सुदुरपश्चिम प्रदेशमा पुरानो नक्कली मेसिन परेको थियो। जिल्लामा ‘बायोमेटिकल इन्जिनियर’ नभएकाले प्रदेशबाट इन्जिनियर बोलाइएको मेसु थापाले बताए। मापदण्ड नपुगेका टेण्डरहरु रद्द गरेर पुनः टेण्डर प्रक्रियामा गएको उनले बताए। प्राविधिकर आर्थिक मूल्याङ्कन गरेर ठेक्का सम्झौता गर्ने नीति रहेको थापाको भनाई छ।

गोरखामा समेत काम गरेका स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार नेपाल सरकारका सबै नियम पुरा गरेर मात्र आईसियु मेसिन जडान गर्न सकिन्छ , गोरखा जिल्लाको प्रक्रिया अघि बढेकाले केही हप्ता भित्र अस्पतालमा आईसियु कक्ष निर्माण हुनुपर्छ । यस कार्यका लागि महाशाखाले अस्पतालको खातामा रकम पठाइसकेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्