थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि

लोकपाटी न्यूज

थप तीन जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। भेरी अस्पाताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपेन्देहिमा गरिएको परिक्षणमा थप तीन जना मा कोरोना संक्रमण देखिएको हो।

नयाँ भएको पुष्टि भएको कोरोना संक्रमणको पुष्टिसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ। जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्