गुल्मीका कोरोना संक्रमित प्रधानाध्यापकको मृत्यु

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

बुटवल, ८ जेठ। नेपालमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको बिहीबार मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो।

गुल्मीका कोरोना संक्रमितको बुटवलमा रहेको क्रिमसन अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए। जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए। उनको जेठ २ गते स्वाब परिक्षण गर्दा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले कोरोना संक्रमण पुष्टि गरेको थियो ।

प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘कंङ्के देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहनु भएका उहाँको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको छ। यस दखद घडिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्ति गर्दछु।’ योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ।

yes

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्