मन्त्री पोखरेलको चेतावनीः नेपालीहरु अपमान सहदैनन्

Ishwar Pokhrel
लोकपाटी न्यूज

काठमाडौँ, ८ जेठ, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै चेतावनी दिएका छन्। भारतीय पक्षबाट नेपालको नक्साबारे टिप्पणी भएकै बेला उनले ट्वीटर मार्फत नेपालीहरु कसैमाथि पनि अपमान भएको र होच्याएको सहन नसक्ने अभिव्यक्ति दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन् ‘हामी कसैमाथि असमानरअपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं १ नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउनरअपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन्। नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं! ’

 नेपाल सरकारले बुधबार नयाँ नक्सा जारी गरेको छ। तर भारत सरकारले लगत्तै उक्त नक्सा अस्वीकार्य भन्दै टिप्पणी गरेको छ। नेपालको भारतसँग जोडिएको पश्चिम सीमामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर पछिल्लो समय नेपाल र भारतीय सरकारबीच नै मतभेद भइरहँदा उपप्रधानमन्त्री पोखरेलबाट यस्तो टिप्पणी आएको हो।

यसबारेमा भारतीय उच्च अधिकारीहरुले नै नेपाललाई चीनको ईशारामा चलेको आरोप लगाएका छन्। जब कि, चीन सरकारले यस मामिला नेपाल र भारतको दुई पक्षीय सरोकार भएको र दुई देशबीच संवादबाट समाधान गर्न सुझाव पनि दिइसकेको छ।
उनले भनेका छनः-
” हामी कसैमाथि असमानरअपमानजनक व्यवहार गर्दैनौं,कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं १नेपालको स्वतन्त्र ,विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन र अपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् ।नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं!”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्