स्वास्थ्य मन्त्रालयकाे स्पष्टीकरण : काेराेना परीक्षणकाे दररेट ताेकिसकेका छैनाैं

Health mantralaye
लोकपाटी न्यूज

कामाडौं, ७ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा सरकारले कुनै शुल्क नतोकेको स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार लाइनमा र भिडभाडमा बस्न नचाहने स्वदेशी र विदेशीका लागि शुल्क लिने तयारी गरेको तर अहिलेसम्म कुनै पनि शुल्क तयार नभएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

सरकारले कुनै शुल्क नतोकेको तर केही अनलाइन मिडियाले १५ हजार रुपैयाँ तोकेको भन्दै समाचार सम्प्रेषण गरेकोप्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

कोरोनाको सशुल्क वा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यक्ति स्वयंको इच्छा हुने मन्त्रालयले प्रष्ट पारेको छ। यस्तै स्वास्थ्य परीक्षणका लागि तोकिएको सम्पूर्ण मापदण्ड पुराएको हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ।

helth bigepti

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्