निजि अस्पतालले काेराेना परीक्षणवापत् कति शुल्क लिन पाउँछन् ? (सरकारकाे निर्देशिका)

coronavirus_blood_test
लोकपाटी न्यूज

काठमाडौं, ७ जेठ। कोरोना भाइरस संक्रमणको टेष्ट निजी अस्पतालले सशुल्क टेष्ट गर्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार निजी अस्पताललाई पनि कोरोना संक्रमणको टेष्ट गर्ने सम्बन्धी निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटोल जानकारी दिए।

आर.डी.टि. परीक्षणको शुल्क खरिद मुल्यको २० प्रतिशत नबढ्ने गरी लिन पाइनेछ। निजी अस्पतालले लिने शुल्क भने आफै निर्धारण गर्न सक्ने उनले बताए।

व्यक्तिगत गोपनियता सहितको यो परिक्षणमा टेष्ट गराउन चाहने व्यक्तिले आफ्नो व्यक्तिगत सूचना गोप्य राखेर निजी अस्पतालमा गएर भए पनि कोरोना टेष्ट गराउन सक्ने छन्। सरकारले कोरोना टेष्टको दायरालाई फराकीलो बनाउनका लागि निजी अस्पतालहरुलाई पनि टेष्ट खुला गरेको हो।

corona

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्