गोर्खा इको प्यानलको प्रयोगबाट एक महिनामै कोरोना अस्पताल तयार

ho
लोकपाटी न्यूज

काठमाडौं, ६ जेठ । गोर्खा इको प्यानलको प्रयोगबाट धनगढीमा एक महिनामै कोरोना अस्पताल तयार भएको छ। कारखानामा पहिला नै तयार पारेर बनाइएको प्रिफ्याब प्यानल (भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) इको प्यानलको प्रयोगबाट एक महिनामै कोरोना अस्पताल तयार हुन सम्भब भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले ५० बेडको अस्पताल तयार पारेको हो। धनगढी उपमहानगरपालिका १ मा रहेको वडा प्रहरी कार्यालयको विपरीत दिशातर्फ रहेको जिल्ला समन्वय समिति कैलालीको जमीनमा अस्पताल निर्माण गरिएको हो। अस्पतालमा एउटा ठूलो हल र बाँकी अन्य आइसोलेसन बेड निर्माण भएका छन्। गोर्खा इको प्यानलका नायब महाप्रबन्धक सुरेश कवाँंले कारखानामै पहिला नै तयार पारिएको हुने हुनाले गोर्खा इको प्यानलबाट एक महिनामै अस्पताल भबनको निर्माण सम्भब भएको बताए।

गोर्खा इको प्यानलको धेरै मूख्य विशेषताहरुमध्ये तीव्र निर्माण सम्भब हुनु एउटा मुख्य विशेषता रहेको उनी सुनाउँंछन्। कोरोना महामारीको यो विषम परिस्थितिमा अस्पताल लगायतको तीव्र निर्माणका लागि यो प्यानल उपयोगीसिद्ध भएको उनको बुझाई छ। इको प्यानलको कार्यालय अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै रहेको छ। गोर्खा इको प्यानल इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालि अन्तर्गत सञ्चालित निर्माण सामाग्री उत्पादन कम्पनी हो।

नयाँ निर्माण भएको ५० बेडको अस्पताल भवन यही प्रि–फ्याव प्रविधिमा निर्माण गरिएको हो। ५० बेड क्षमताको भवन निर्माण भएसँगै अब त्यसमा आवश्यक सामग्री राखेर कोरोना संक्रमितहरुको उपचार सुरु गरिने सुदूरपश्चिम सामाजिक मन्त्रालयले जनाएको छ। कोरोना विशेष अस्पताल तोकिएको सेती अस्पताल मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेको प्रि–फ्याव भवनको निर्माण गरेको हो। सेती अस्पतालमै कोरोनाका बिरामी राखेर उपचार हुँदा अन्य सेवा प्रभावित भएको थियो। छुट्टै कोरोना अस्पताल बनेपछि उपचारमा धेरै सहज हुने चिकित्सकहरुले बताएका छन्। उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण जडान हुने वित्तिकै सेवा सुरु गरिने जनाइएको छ। प्रदेशका मुख्य अस्पताल सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी सो भवनबाट कोरोनाका बिरामीको उपचार हुने छ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कैलाली र कञ्चनपुरमा ५०/५० बेडको छुट्टै कोरोना अस्पताल निर्माणका लागि एकएक करोड अख्तियारी दिएको थियो। कैलालीमा निर्माण सम्पन्न भए पनि कञ्चनपुरमा भने निर्माणकै क्रममा रहेको जनाइएको छ। कोरोना संक्रमितका लागि अलग्गै अस्पताल आवश्यक परे अनुसार अस्पताल निर्माण भएको जनाइएको छ। अहिले प्रदेशको एक मात्र रिफरल प्रादेशिक अस्पताल सेतीमा कोरोनाका बिरामीहरुको उपचार भइरहेको जनाइएको छ। पछिल्लो समयमा संकास्पद कोरोनाका बिरामीहरुको उपचार सेतीमा भइरहेको हो। सुदूरपश्चिममा पछिल्ला दिनहरुमा भारतबाट आउनेहरुको क्रम बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम भने उच्च रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्