४२ हजारले गराए कोरोना स्वः परिक्षण

corona virus
लोकपाटी न्यूज

काठमाडौं, ५ जेठ।नेपालमा ४२ हजारभन्दा बढी मानिसले कोरोना भाइरसको स्व(परीक्षण गरेका छन्। सरकारको आधिकारिक वेबसाइट कोभिडनाइन्टिन डट एमओएचपी डट जीओभी डट एनपीमा ४२ हजार ११७ जनाले आफूमा कोरोना भए वा नभएको भनेर स्व(परीक्षण गरेको उल्लेख छ। यस्तै अनलाइनमार्फत फारम भरेकामा रेड जोन अर्थात् संक्रमणको सम्भावना रहेका मानिसको संख्या चार सय पाँच पुगेको मन्त्रालयले जनाएको छ।

अनलाइन फारममा विभिन्न प्रश्नहरू सोधेर उत्तरको आधारमा संक्रमणको सम्भावनाका आधारमा उनीहरूको वर्गिकरण गरिन्छ।यदि कुनै व्यक्ति विदेशबाट आएको, संक्रमितलाई भेटेको वा संक्रमितको सम्पर्कमा आएको एवं लक्षणहरू देखिएको छ भने ती व्यक्तिलाई रेड जोनमा राखिदै आएको मन्त्रालयले प्रष्ट्याएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्