कोरोनाबाट बच्न मलेरियाको औषधी खाईरहेको छुः डोनल्ड ट्रम्प

लोकपाटी न्यूज

काठमाडौं, ५ जेठ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि मलेरियाको औषधी खाइरहेको बताएका छन्। उनले आफ्ले हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको जानकारी दिएका हुन।

सोमबार ट्रम्पलाई मिडियाले उक्त औषधीको असरबारे प्रश्न सोधेका थिए । यसबारे ट्रम्पले भने, ‘म करिब डेढ हप्तादेखि यसको सेवन गरिरहेको छु र म यहाँ तपाईंहरु सामू उभिएको छु । मेरो तर्फबाट यही प्रमाण हो । यसबारे निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ।’

मलेरिया रोगको उपचारमा प्रयोग हुने यो औषधीको ट्रम्पले सुरुमा मजाक उडाएका थिए। यसको प्रभावकारिताबारे अमेरिका भित्रै पनि थुप्रैको भिन्न मत छ। यसबारे क्लिनिकल ट्रायल पनि चलिरहेको छ।