काठमाडौं, ६ जेठ। दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षा मन्त्री एजेलिना टेनीलाई कोरोना संक्रण पुष्टि भएको छ। उपराष्ट्रपति माशरसँगै उनकी श्रीमती एजेलिना टेनीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।
बीबीसीका अनुसार टेनी दक्षिण सुडानकी रक्षा मन्त्री हुन्। उपराष्ट्रपति माशरको कोरोना भए नभएको मे १३ मा परीक्षण गरिएको थियो। माशरका अंगरक्षक र स्टाफमा पनि कोरोना संक्रमण देखिएको समाचारमा जनाइएको छ। दक्षिण सुडानमा २ सय ३६ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।



लोकपाटी न्यूज

