काठमाडौं, ६ जेठ। नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।
सोमबार एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। योसँगै सङ्क्रमितको सङ्ख्या ३ सय ७५ पुगेको छ। सबैभन्दा धेरै १२ जना बाँकेको रैनापुरका पुरुष रहेका छन्।
त्यस्तै धनुषाका दुई जना पुरुष, खोटाङ हलेसीका एक जना पुरुष, दैलेख आठबिस १ का एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो। दैलेखमा एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै सोमबार पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना देखिएको छ।




लोकपाटी न्यूज

