नेकपा जलजलाको विज्ञप्तिः ‘गाउँपालिकाको धम्की निन्दनीय छ’

CPN_Nekapa
लोकपाटी न्यूज

पर्वत, ५ जेठ। गाँउपालिका भित्र भएका गुणस्तरहिन विकासनिर्माणको बिरोधमा समाजिक सञ्जालमा आवाज उठाएको भन्दै जलजला गाउँ पालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले राती ९ः ३० बजे फोन गदै गाली गलौज गरेका छन्। गाँपालिकामा भएको गुणस्तरहिन काम भएकोमा त्यसको सम्बोधन र समस्याको समाधान गर्नुको सट्टा आफ्नो पदिय मर्यादा र हैसियत भुलेर गाली गलौज र धम्किीमा उत्रिनु जलजला गाउँपालिकाका जनताको बोल्न पाउने, लेख्न पाउने अधिकार हनन् भएको नेपाल कम्युनिष्ट पाटी जलजला गाँउ कमिटीले ठहर गरेको छ। अध्यक्ष मल्लले नेकपा गाँउपालिका कमिटी सदस्य विज्ञानराज शर्मालाई गाली गलौज गर्नुका साथै ‘साईबर क्राईममा मुद्दा हाल्ने धम्कि’, समेत दिएको थिए।

जनताको सेवा र सुरक्षा जिम्मा लिएको नेतृत्वमा पुगेका व्यक्तिहरु नै जथाभावी रुपमा काली गण्डकी उत्खनन् गर्ने, कालाबजारीको संरक्षणको बिरोधमा कुरा उठाउदा, कोरोना भाइरसको कारण लकडाउन भएको अवस्थामा गाँउघरमा राहत वितरण गर्ने संस्थाका पदाधिकारीलाई धम्काउने जस्ता कार्यले अच्चभित बनाएको पनि गाँउ कमिटीले उल्लेख गरेको छ। बेथितीको बिरोधमा ज्ञापनपत्र बुझाउदा पनि अहिलेसम्म कुनै सुनुवाई नै नहुनुले लोकतन्त्रकै धज्जी उठाउने काम भएको पनि गाँउ कमिटीले ठहर गरेको छ।

गाँउपालिकाको हितका लागी, गुणस्तरहिन काम, स्रोत साधनको दुरुपयोगको विरोधमा आवाज उठाृउदा शर्मालाई धम्काउने कार्यको कमिटीले भत्सर्ना गरेको छ साथै उनको जिउ ज्यानको सुरक्षाको लागी सम्बिन्धित सुरक्षा निकायलाई अनुरोध गरेको छ। साथै यस्ता क्रीयाकलाप नरोकिएमा र जिउज्यानको सुरक्षाको प्रत्याभुति नभएमा जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्