‘नेपाली सीमा मिचेर भारतले पञ्चशीलको सिद्धान्तलाई लत्तायो’

lipulekh-Nepal
लोकपाटी न्यूज

काठमाडौं, ५ जेठ। विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसियसन नेपालले भारतले नेपाली सीमा मिचेर पञ्चशीलको सिद्धान्तलाई लत्ताएको जनाएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भू-भागभित्रका क्षेत्र हुन् भन्ने कुरामा सन् १८१६ को सुगौलिको सन्धी साक्षी रहेको भन्दै भारतले सुगौलि सन्धीको अपमान गरेको उस्तानका अध्यक्ष रामुकमार बान्तवाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषयलाई नेपाल सरकार चनाखो भएर कुटनितिक तबरले दुई पक्ष तथा बहुपक्ष वार्ताहरु यथाशिघ्र थालनी गर्न जोडदार माग गर्दछ।’ भारत सरकारबाट निर्माण सम्वन्धी भएका जे-जति गतिविधि छन् ति सबै रोक्न माग गर्दै नेपाली भूभागमा रहेका भारतीय सेना फिर्ता गराई नेपाली सेना सुरक्षार्थ खटाउन विज्ञप्तिमा माग गरिएको छ।

नेपालको नक्सा सुगौलि सन्धीको आधारमा अबिलम्ब छापेर प्रकाशित गरेर उक्त नक्सालाई स्कूलदेखि विश्वविद्यालयसम्म पठन पाठनको लागि अनिवार्य गर्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। लिम्पियाधुरा, लिपुलेक,कालापानी, नेपालको भूभाग हो भन्ने कुराको प्रमाण सुगौलि सन्धी नै प्राप्त रहेको जनाइएको छ।

pc

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्