आधिकारीक निकायको सवारी पास लिएर मात्रै यात्रा गर्न गृह मन्त्रालयको आग्रह

griha-mantralaya pic
लोकपाटी न्यूज

काठमाडौं, ४ जेठ। गृह  मन्त्रालयले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेमाथी कार्वाही गर्ने चेतावनि दिएको छ।
जारी रहेको लकडाउनको समयमा विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सवारी पासहरु गृह मन्त्रालयबाट रद्द गरिएको विषयमा केहि अस्पष्टता भएको गुनासो प्राप्त भएकोले त्यसलाई स्पष्ट पार्नका लागी भन्दै एक प्रेश विज्ञप्ती प्रकाशीत गर्दै यस्तो चेतावनी दिइएको हो ।

मन्त्रालयले आधिकारीक निकायबाट सवारी पास नलिकन यात्रा सुरु गर्ने, मालबाहक सवारी साधनमा यात्रा गर्ने, लुकीछिपी स—साना गोरेटो बाटो, बनजँगलबाट यात्रा गर्ने, अति आबश्यक नपरी यात्रा गर्नुले यात्रा जोखिमपूर्ण हुनुका साथै कोभिड १९को संक्रमण बढ्न जाने जोखिम बढ्न जाने हुदा त्यसो नगर्नु, गर्न नदिनु मन्त्रालयले आग्रह गरेको छ।

सकेसम्म यात्रा नगर्ने तथा यात्रा गर्नुपर्ने भएमा पनि पास लिएर मात्रै मन्त्रालयको आग्रह छ। अति आवश्यक काम परे कारण सहित जिल्ला प्रसाशन कार्यालयबाट सम्पर्क राखि पुनः सवारी पास लिन सकिने, काठमाडौं, उपत्यकाको हकमा काठमाडौंको वेबसाईड हेरी निमायक तोकिएको हकमा सम्बन्धित निकायमा सम्पर्क गरी सवारी पास लिन सकिने र नतोकिएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखि पुनः सवारी पास लिन सकिने बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्