काठमाडौं, ४ जेठ । कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन कम्तिमा १० दिन थप्न सिफारिस गरेको छ। समितिको आज बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको हो।
कोरोना नियन्त्रण्का लागि सरकारले गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदैछ। कोरोनाको संक्रमणबाट दुई दिनमा दुई जनाको मृत्यु भएपछि लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा पनि समितिको बैठकमा छलफल भएको समितिका सदस्य समेत रहेका एक मन्त्रीले जानकारी दिए।
गत चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ। समितिको सिफारिसलाई औपचारिकता दिन मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा बस्दैछ।



लोकपाटी न्यूज

