उत्तरी गोरखामा खाद्यान्न बितरण

Pic rahat
लोकपाटी न्यूज

राजेन्द्र न्यौपाने/ गोरखा, ४ जेठ । फ्रेन्ड्स अफ सिङ्ला नेपाल स्टिफटुङ स्वीसको सहयोगमा उत्तरी गोरखाको खोर्लाबेशी र हुल्चुकमा खाद्यान्न वितरण गरिएको छ।

उक्त संस्थाले धार्चे गाउँपालिकाको हुल्चुकबाट २ सय ४६ , खोर्ला र खोर्लाबेशीबाट २ सय ३६ घर परिवारका लागि ३० किलोग्राम चामल, एक लिटर तेल, नुन, सावुन प्रदान
गरेको थियो।

खाद्यान्न सामग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष सोम गुरुङले दुखमा परेका समुदायका लागि सहयोग गरेको बताए।उत्तरी गोरखा घर भई विभिन्न मुलुकमा बसोबास गर्दै आईरहेका व्यक्ति तथा संस्थाहरुले काठमाडौं, गोरखा लगायतका स्थानमा बसोबास गर्ने त्यस क्षेत्रका नागरिकहरुलाई सहयोग गर्दै आइरहेका छन्।

यस अघि उक्त संस्थाले सिङ्ला लगायतका क्षेत्रमा वन संरक्षणमा सहयोग पुग्ने उदेश्यका साथ ग्याँस सिलिण्डर, चुल्हो समेत समुदायलाई प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्