काठमाडौं, ४ जेठ । आज साँझ मन्त्रिपरिषदको बैठक बस्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनका विषयमा निर्णय गर्नेछ।
कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। आज लकडाउनको ५५औं दिन हो। सरकारले देशभर लगाएको लकडाउन भोलि सकिँदै छ।
बालुवाटार स्रोतका अनुसार, लकडाउन थप्ने तयारी गरिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएकाले तत्काल लकडाउन हटाउँदा जोखिम बढ्न सक्ने आँकलन गरिएको छ।



लोकपाटी न्यूज

