काठमाडौं, ३ जेठ। नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा २८१ कोरोना संक्रमित मध्ये ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको मृत्यु भएको छ।




लोकपाटी न्यूज

