काठमाडौं, २ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिरहेकी छिन्। राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।
नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई उच्च प्राथमिकतामा दिइएको छ । जेठ १५ गते सरकारले यही नीति तथा कार्यक्रमकै आधारमा आर्थिक वर्ष २०७७र०७८ को बजेट ल्याउने छ ।विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर संसदमा बसाइ व्यवस्थापन मिलाइएको छ ।


लोकपाटी न्यूज

