बाजुरामा फेरि भेटिए कालाजारका बिरामी

kala-jar pic
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, २ जेठ। बाजुरामा थप कालाजारका बिरामी भेटिएका छन्। स्वामिकार्तिक खापर गाँउपालिका २ साप्पाटाका १४ महिनाका योगेस न्यौपानेमा कालाजार देखिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजुराज जैशीले बताए।

उपचारका लागि कोल्टि ल्याइएका योगेसलाई प्रयोगशाला परिक्षणबाट कालाजार पुष्टि भएको बुढिन्नदा नगरपालिका स्वास्थ्य संयोजक ओमजंग शाहिले बताए। सोहि क्षेत्रमा केही दिन पहिला मात्र जगन्नाथ गाँउपालिका ५ का १७ महिनाका देबेन्द्र बुढामा चेकजाँच गर्दा कालाजार देखा परेको थियो।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार सेवा नभएकाले बिरामिलाई जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता रहेको छ। गएको वर्ष पनि बाजुरामा दुई जना कालाजारका बिरामी भेटिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्