काठमाडौं, २ जेठ। ललितपुर महानगरपालिकाको वडा नम्बर ६ मा बाहिर जिल्ला वा विदेशबाट फर्किआएका व्यक्तिरुलाई प्रवेश निषेध गरिएको छ। आज वडा अध्यक्ष हिटलर शाक्यले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन्। विश्वभरी फैलिएको कोरोना भाइरस नेपालमा पनि तिब्र गतिमा फैलिदै गएको साथै विश्व स्वास्थ्य संगठनले नेपाललाई रेड जोनमा राखेको भन्दै यस्तो निर्णय गरेको सुचनामा उल्लेख छ।
— यस बडामा कोठा बहालमा लिई लकडाउनको समयमा बाहिर जिल्ला वा विदेशबाट फर्कि आएका व्यक्तिहरुलाई अर्को सूचना नआएसम्म प्रवेश निशेष गरिएको छ।
— यस वडाका घरधनिहरुले आफ्ना भाडावालहरु विभिन्न कारणले घर गएको अवस्थमा तत्काल फोन सम्पर्क गरि आफ्नो घरमा प्रवेश नदिने जानकारी दिने।
— घरधनिले सूचना लुकाई प्रवेश दिएमा निम्न कारवाही गरिने छः—
१.त्यस्तो घरमा ताला लगाई सिल गरिनेछ।
२.क्वारेन्र्टानमा लाग्ने सम्पूर्ण खर्च घरधनिले व्यहोर्नुपर्छ।
३.संक्रमित प्रमाणित भएमा घरधनिले क्षतिपूर्ति व्यवस्था गर्नुपर्नेछ।
त्यस्तै, वडाभित्रका टोल सुधार समिति, संघ संस्थाहरुलाई आ–आफ्नो टोलभित्र बाहिरी मानिसहरुको आवतजावतलाई रोक्न, टोलभित्र फलफूल, तरकारी तथा अन्य खाद्य पसलहरु तोकिएको समयमा मात्र सामाजिक दुरी कायम गरी सञ्चालन गराउन तथा संक्रमण अझै बढ्दै गएमा र आवश्यक परेको खण्डमा आ–आफ्नो टोलहरुलाई शिल गर्न अनुरोध गरिएको छ ।
ललितपुरको वडामा घर गएका भाडावालहरुलाई प्रवेश निषेध, सूचना लुकाएर प्रवेश दिएमा घरधनिलाई कारवाही गरिने
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज