काठमाडौं, १ जेठ। नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुरस्थित कोभिड-१९ अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणका क्रममा देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २ सय ४६ पुगेको छ। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताइएको छ।




लोकपाटी न्यूज

