निर्मल पौडेल/ पर्वत, ८ वैशाख। शंकरपोखरीमा चट्याङ लागेर १ जना महिलाको मृत्यु भएको छ। फलेवास नगरपालिका ३ शंकरपोखरीमा आइतबार दिउँसो परेको चट्याङ लागेर स्थानीय २८ वर्षीय कल्पना भुषालको मृत्यु भएको हो।
चट्याङ लागेर घाइते भएकी भुसाललाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यल पर्वतका प्रहरी नायव उपरिक्ष स्यामु अर्यालले जानकारी दिए। यसैगरी छिमेकी जिल्लाको दक्षिणी भेग जैमिनी नगरपालिका ५ बिनामारेमा चट्याङ लागेर २ जना घाइते भएका छन्।
स्थानीय धनकुमारी थापा र अर्जुन थापा घाइते भएका नगरप्रमूख इन्द्रराज पौडेलले जानकारी दिएका छन।् घाइतेहरुलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल लगेर उपचार गरिएको पौडेलको भनाइ छ।



लोकपाटी न्यूज
