बाजुरामा र्‍यापिड टेस्ट गर्दा दुईमा देखियो पोजेटिभ

corona test
लोकपाटी न्यूज

राजेन्द्र बिक/  बाजुरा, ८ वैशाख। बाजुरामा भारतबाट आएका २ जनामा र्‍यापिड(आरडिटी) टेस्ट पोजेटिभ देखिएको छ। र्‍यापिड टेस्ट पहिलो पटक परीक्षण गर्दा दुवै जनामा पोजेटिभ देखिएको र दोस्रो पटक टेस्ट गर्दा एकजनामा मात्र देखिएको त्रिबेणी नगरपालिकाका स्वास्थ्य संयोजक चिरञ्जीवि शाहिले बताए।

दोस्रो पटक जाँच गर्दा १८ वर्षका युवकमा देखीएन भने ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिएको छ। र्‍यापिड टेष्ट पोजेटिभ देखिएका ६० वर्षका व्यक्तिलाई एम्बुलेन्समार्फत् जिल्ला अस्पताल बाजुरा ल्याएका छन्।अर्को युवालाइ भने गाउँमै क्वारेनटाइनमा राखिने भएको छ। दुबै जनाको स्वाब परिक्षणका लागि पठाउने तयारी समेत भएको छ। दुवै जना चैत्र २ गते भारतबाट आएको बुझीएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्