किसानलाई क्षतिपूर्ति र पिसीआर मेशिनका लागि नेकपाको पहल

CPN_Nekapa
लोकपाटी न्यूज

रौतहट, ७ बैशाख। मकै, मुसुुरो र गँहुुबाली भित्र्याउने बेलामा आएको प्राकृतिक प्रकोपले किसानको ढाड नै भाँचिएको छ । जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केराखेती, तरकारी खेती, मेवाखेतीमा हालैको हावाहुुरी असिनाले ठूलो क्षति पुगेको छ। अर्कातिर कोरोना भाइरस परीक्षण गर्न पोलिमरेज चेन्ज रियाक्सन मेशिनको सुविधा छैन। जिल्लामा स्वाब थ्रोट जाँच गर्न वीरगञ्ज तथा प्रादेशिक अस्पताल जनकपुरसम्म जानुुपर्दा कठिनाइ हुँदै आएको छ।

हावाहुुरी र असिनाले पीडित किसानलाई तत्काल राहत तथा क्षति पूर्ति दिन र प्रदेशको प्रत्येक जिल्लामा कोरोना जाँच गर्ने पिसीआर मेसिन राख्न नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ का अध्यक्ष तथा सङ्घीय सांसद प्रभुु साहले पहल गरेका छन्। जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको मावि कटहरियास्थित क्वारेन्टाइनको स्थलगत निरीक्षणपछि उनले उक्त माग गरेका हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई दुई हप्ता राखेर प्राथमिक उपचार गर्न कटहरिया नगरपालिकाद्वारा निर्माण गरिएको २०० सय श्ययाको क्वारेन्टाइनमा ६९ शङ्कास्पद बिरामी छन्।

क्वारेन्टाइनको निरीक्षणका क्रममा उनले त्यहाँ खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा बिरामीलाई समेत भेट्नुभएको थियो । सो क्रममा प्रत्येक हप्तामा क्वारेन्टाइनको भित्र बाहिर गर्दा स्यानिटाइजर प्रयोग गर्ने र बिरामी बसेको प्रत्येक कोठामा आवश्यकतानुसार दुईदेखि तीन वटा सिलिङ पङ्खा राख्न साहले नगरप्रमुख सीयाराम कुश्वाहालाई निर्देशन दए।

भएकाले प्रदेश नं २ सरकारले प्रत्येक जिल्ला सदरमुकाममा कोरोना जाँच गर्ने पिसीआर मेसिन राख्न सांसद साहले माग गरेका छन् भने भीषण हावाहुरी र असिनापानीले पीडित गरिब एवं किसानलाई राहत तथा क्षतिपूर्ति दिन पनि सरकारसँग आग्रह गरेका छन्। हावाहुुरीले गरिबका झुपडी र घरको छाना गोठसमेत उडाएकाले तिनै तहको सरकार मिलेर राहतको विषेश प्याकेज ल्याउन सांसद साहले माग गरेका छन्। निरीक्षणका क्रममा उहाँसँगै प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरियाका नगरप्रमुख सीयाराम कुशवाहालगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्