नेपालमा थप एकमा कोरोना संक्रमण भएको पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौं, ६ वैशाख । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए। ती पुरुषको कोशी प्रादेशिक अस्पतालमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३१ पुगेको छ । दुई जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
आजै मात्र दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धी श्रेष्ठ टेकु अस्पतालबाट डिस्चार्ज भएकी छन्।

Capture

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्