काठमाडौं, ६ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाई जितेर शुक्रबार डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठलाई बधाई दिएका छन्। अस्पताल भर्ना भएको २७ दिनपछि प्रसिद्धि आज डिस्चार्ज भएकी थिइन्।
प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकलाई पनि बधाई तथा धन्यवाद दिएका छन्। उनी नेपालमा कोरोना संक्रमण देखिएकी दोस्रो व्यक्ति हुन्। पहिलो व्यक्ति पनि निको भएर घर फर्किसकेका छन्।
अब बाँकी २८ जनाको उपचार चलिरहेको छ। ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ’,प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्द्ध सबैलाई बधाई तथा धन्यवाद।’



लोकपाटी न्यूज

