मस्जिदमा भेटिएका १२ कोरोना संक्रमित अस्पताल भर्ना

coronavirus_blood_test
लोकपाटी न्यूज

काठमाडौं, ६ वैशाख। उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको छ। १२ जना कोरोना संक्रमितलाई शुक्रबार राति नै विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो।

उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएको छ। जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा बसेका छन्। उनीहरुलाई कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पतालले भर्ना लिन नमानेपछि मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

संक्रमित १२ जनासहित १६ जना गत चैतको पहिलो हप्ता उदयपुरको भुल्केस्थित मस्जिदमा आइपुगेका थिए। भुल्के क्षेत्रलाई सिल गर्ने विषयमा जिल्ला सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ। मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। कोरोना पोजेटिभ देखिएका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएको प्रारम्भिक जानकारी आएको प्रमूख जिल्ला अधिकारी दिपककुमार पहाडीे बताए।

भारतीयले आफूहरु मोरङ हुँदै राजविराज भएर त्यहाँ आएको बताएका छन्। उनीहरु नेपाल–भारतको जोगवनी नाका हुँदै सप्तरीको वोदेबर्साइन नगरपालिका ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको नेपाल इज्तिमा सहभागी हुन आएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्