हङकङका तुलसीले गरे जन्मगाउँलाई १० लाख सहयोग

pv
लोकपाटी न्यूज

पोखरा, ५ बैशाख। ‘धनमात्र भएर हुँदैन सहयोग गर्न मन चाहिन्छ’ यहि भनाइलाई चरितार्थ गरिदिए ग्राण्ड मास्टर तुलसीकुमार गुरुङले। कोभिड-१९ ले नेपाल लकडाउनमा छ, गरेर खानेहरु बाहिर निस्कन पाएका छैनन्।

दैनिकी कमाई हुन नसके पछिको व्यवहारिक कठिनाई दर्दनाक छ। मृत्युको भयसँगै बाच्नका लागि सकस व्यहोरिरहेका गण्डकी प्रदेश मादी गाउँपालिका अन्तर्गतका गाउँहरुमा गुरुङले १० लाख रुपैयाँको आर्थिक सहयोग गरेका हुन्। एक कार्यक्रमकाबीच मास्टर गुरुङकी आमा काली गुरुङले वार चौक गाउँका पूर्वप्रधानाध्यापक कृष्णबहादुर गुरुङ्लाई सहयोग रकमको चेक हस्तान्तरण गरिन्।

ग्राण्ड मास्टर तुलसी भन्छन् मादी गाउँपालिका अन्तर्गतका गाउँहरु वार चौक, तोगीगाउँ, पुरानो भा चौक, मेन भा चौक मेरो आमा र मेरो जन्मगाउँहरु हुन्। लगभग १९६ घरधुरी रहेको उक्त गाउँमा ५ हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण हुनेछ। नेपालमा लकडाउनको समय सीमा समाप्त हुने वित्तिकै प्रत्येक घरधुरीलाई रकम वितरण गरिनेछ।

राहत रकम बितरणलाई सहज बनाउनका लागि ईश्वरबहादुर गुरुङको नेतृत्वमा समिती बनिसकेको छ, उनको टिमले राहत रकम वितरण गर्ने छन्। अनौठो भाइरसले संसार आतंकित बनिरहेको छ, आफ्नो जन्मगाउँमा मैले सकेको सानो सहयोग गरेको हुँ। आत्मसन्तुष्टि भन्दा ठूलो केहि नहुने रहेछ, जिवन अधिकांश समय विदेशमा व्यतित गरेपनि मेरो मन र समर्पण जहिल्यै आफ्नै देश र गाउँमा छ।

२० वर्ष ब्रिटिस आर्मीबाट निवृत भईसकेपछि निरन्तर २३ वर्षदेखी हङकङलाई कर्मथलो बनाइरहेका छन् ग्राण्ड मास्टर गुरुङ्ले। हङकङको नेपाली समाजमा स्वच्छ, ईमान्दार र कर्मनिष्ठको छवी बनाएकाउनी नेप्लिज तेक्वान्डो एसोसियसनहङकङ प्रेसिडेन्ट, मितेरी सेवा समितीपोखरा अध्यक्ष, वीवील राईज फाउन्डेशन संस्थापक लगायतका सामाजिक संघ संस्थाहरुमा आवद्ध छन्। खेलकुद र शिक्षामा निरन्तर सहयोगका लागि तयार हुने तुलसीले विभिन्न समयमा खेलाडी र विद्यार्थीहरुलाई व्यक्तिगत र संस्थामार्फत सहयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्