पैदलयात्रीलाई गन्तव्यसम्म पुर्‍याइदिउँ : सांसद पाेखरेल

krishnabhakta pokharel 1
लोकपाटी न्यूज

काठमाडौं, ५ बैशाख। नेकपाका सांसद एवं कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सरकारले जारी गरेको लकडाउनका कारण शहरबाट आफनो गाउँ जान पैदल हिँडिरहेका पैदलयात्रीको समस्याबारे गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

खाना बस्न कठिन भइ आफ्नो थाकथलोमा देश भित्रबाटै फर्कन चाहाने दाजुभाई दिदी बहिनीहरूलाई पैदलयात्रा गर्न बाध्य नबनाइ सुरक्षासहितको सवारीबाट वारपार तत्काल थालनि गर्न उनले गृह मन्त्री र गृह सचिवलाई शुक्रबार फोन गरी ध्यानाआकर्षण गराएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।

सांसद पोखरेलले फेसबुकमा स्टाटस लेखेका छन्, ‘आजनै यस विषयमा उपयुक्त निर्णय गरिनेछ भन्ने सकरात्मक जवाफ आएको छ, यदि तत्काल कार्यन्वयन नगरेमा स्थानीय प्रशासनसँग समन्वय गरी स्थानीय तहले जनताको यो पिडामा मलाम लगाउन अनुरोध गर्दछु।’

साथै सांसद पोखरेलले विदेशमा बस्न असुविधा भएका देश फर्कन चाहाने नेपाली नागरिकलाई देशमा ल्याउने योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण मजदूरहरु गन्तवयमा पुुग्न पैदल यात्रामा निस्किएका छन्।

ctw

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्