बेलायती राजकुमार अमेरिकी पिडितलाई खाना बाड्दै

लोकपाटी न्यूज

काठमाडौं, ५ बैशाख। कोरोना भाइरसको महामारीबाट पिडितको सहयोगमा बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन जुटेका छन। महामारीबाट पिडित मानिसहरुलाई सहयोग गर्दै आएका उनिहरुले अमेरिकाको लस एन्जल्समा खाना वितरण गरेका हुन। उनिहरुले त्यस क्षेत्रका गम्भिर प्रकुतिका बिरामीहरुलाई खाना वितरण गरेका थिए। लस एन्जल्स मेघनको जन्मस्थल पनि हो। उनिहरु क्यानडाबाट अमेरिका गएका हुन। उनीहरु अमेरिका पुग्दा अमेरिकामा कोरोना भाइरसको महामारी चरम रुपमा पुगिसकेको थियो।

उनिहरुले ‘प्रोजेक्ट एन्जल फूड’ नामक गैरनाफामुखी संस्था मार्फत खाना खुवाएका थिए। पिडितहरुले खाना वितरणपछि उनीहरुको सामान्य जीवनशैलीको प्रशंसा गरेका छन्। यसअघि अप्रिल १५ मा उनिहरुले कोरोना महामारी विरुद्ध खानाको लागि बेलायतमा ९० हजार युरो दिने घोषणा गरेका थिए। राजदरबारबाट छुटिए पछि छोरा आर्चीसहित क्यानडामा रहँदैआएका ह्यारी र मेघन समाजिक काममा व्यस्त हुदै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्